࿕ श्री ࿕

॥ ࿗ ॐ श्रीपूर्णब्रह्म परमात्मा श्रीअम्बाय नमः ࿗ ॥

“Devanagari Keyboard (Dp)” कम्प्युटर प्रविधिमा देवनागरी लिपि टाइप गर्ने किबोर्ड लेआउट

Devanagari Keyboard (Dp) Keyboard Layout Driver for Microsoft Windows

माईक्रोसफ्ट विण्डोजको लागि देवनागरी किबोर्ड (डिपि) किबोर्ड ड्राईभर डाउनलोड? : Devanagari Keyboard (Dp) Driver for Microsoft Windows

Devanagari Keyboard (Dp) किबोर्ड लेआउट एउटा यस्तो वैज्ञानीक किबोर्ड लेआउट हो जसले देवनागरी लिपिलाई कम्प्युटर प्रविधिमा टाइप गर्नको लागि निर्माण गरिएको छ। यो किबोर्ड लेआउट निर्माण गर्दा देवनागरी लिपि, देवनागरी लिपि विज्ञान, हामीले शब्दहरू उच्चारण गर्दा शब्द बन्ने अक्षर र अक्षर बन्ने वर्ण तथा चिह्नहरूको बारम्बारता अध्ययन गरी ति वर्ण तथा चिह्नहरूलाई टाइप गर्दा दुवै हातका चोरी औंला, माहिली औंला, साईँली औंला र कान्छी औंलाहरूको कार्यक्षमतालाई अध्ययन गरी निर्माण गरिएको छ। यो किबोर्ड लेआउटबाट नेपालमा लेखिने सम्पूर्ण भाषाहरू सजिलैसँग देवनागरी लिपिमा लेख्न सकिन्छ। हाम्रो नेपालमा संस्कृतमा पढाई हुने विश्वविद्यालय छ। यहाँ ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेद सजिलै टाईप गर्न सकिन्छ। यस किबोर्ड लेआउटबाट देवनागरी लिपिमा भाषाहरू लेख्दा आवश्यक पर्ने अधिकांश अक्षर तथा चिह्नहरू समेटिएका छन्।

यो किबोर्ड ड्राईभर Microsoft Windows मा ईन्स्टल गरेर चलाउनको लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ। माथि डाउनलोड गर्ने लिङ्कमा क्लिक गरेर आफूले चाहेको ठाउँमा किबोर्ड ड्राईभर डाउनलोड गर्नु पर्दछ। यो किबोर्ड ड्राईभर फोल्डरलाई जिप गरिएको हुनाले यसलाई सबै भन्दा पहिला अनजिप गर्नु पर्दछ। यस फोल्डर भित्र कम्प्युटरमा देवनागरी लिपि टाईप गर्नको लागि किबोर्ड ड्राईभर, देवनागरी युनिकोड अनुसार बनाईएको देवनागरी फण्ट र किबोर्ड लेआउटका फोटाहरू राखिएका छन्। यो किबोर्ड ड्राईभर माईक्रोसफ्ट विण्डोजको भिष्टा, विण्डो७ देखि अहिलेसम्मका विण्डो१० सम्मका सबै भर्सनहरूमा ईन्स्टल गर्न सकिन्छ। यस ड्राईभर फोल्डरमा देवनागरी अङ्कहरू : ०, १, २, ३, ४, ५, ६, ७, ८ र ९ डिफल्ट भएको Devanagari Keyboard (Dp) राखिएको छ। यस किबोर्ड ड्राईभर प्रयोग गर्दा डिफल्ट अङ्कहरू देवनागरी छन् र अन्तर्राष्ट्रिय अङ्कहरू टाईप गर्न राईट अल्ट कि+किस्ट्रोक प्रयोग गर्नुपर्दछ। यो किबोर्ड लेआउट कम्प्युटरमा ईन्स्टल गर्न अति सजिलो छ। यो किबोर्ड ड्राईभर ईन्स्टल गर्न किबोर्ड फोल्डर खोल्ने र त्यस भित्र setup.exe फाईललाई डबल क्लिक गर्नु पर्दछ र ईन्स्टल गर्दा आउने नोटिसहरूमा एस, ओके आदिमा क्लिक गर्नु पर्दछ। यो किबोर्ड ड्राईभर ईन्स्टल गरिसकेपछि कम्प्युटरलाई रिस्टार्ट गर्नु पर्दछ। यसो गर्दा किबोर्ड ड्राईभरले राम्रोसँग काम गर्दछ। यो किबोर्ड ड्राईभर नेपाली वा हिन्दी लोक्याल कुन चाहिं ईन्स्टल गरेको हो त्यही लोक्यालमा गएर बस्तछ। कम्प्युटरको डेस्कटपमा तल वा माथि ल्याङ्ग्वेजबारमा यदि नेपालीको लागि ईन्स्टल गरेको भए NE मा देख्न सकिन्छ। कम्प्युटरको कुने एप्लिकेशन खोली टेक्स्ट टाईप गर्ने ठाउँमा क्रसर राखेर माउसले ल्याङ्ग्वेजबारमा क्लिक गरेर अथवा देब्रेपट्टिको Alt+Shift कि थिचेर लोक्याल छान्न सकिन्छ। कुन कुन औंलाहरूमा कुन कुन अक्षर तथा चिह्नहरू राखिएको छ त्यसको लागि यही तपाईँले डाउनलोड गरेको फोल्डरको फोटोमा स्पष्टसँग देखाईएको छ। सजिलोको लागि यो किबोर्ड लेआउटको फोटोलाई प्रिन्ट गरेर अगाडी राखि देखाईए अनुसार टाईप गर्न सकिन्छ। यदि तपाईँलाई डिफल्टमा अन्तर्राष्ट्रिय अङ्क चाहियो भने चाहि Devanagari Keyboard (Dp)_IDD किबोर्ड ड्राइभर इन्स्टल गर्नु होस्। यो किबोर्ड लेआउट अनुसार टाईप गर्न कठिन भए हाम्रो सम्पर्क ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। यस किबोर्ड लेआउटमा भएका अक्षर तथा चिह्नहरू तपाईँले पाउनु भएन भने यही किबोर्ड ड्राईभर भएको फोल्डरमा मैले देवनागरी किबोर्ड चलाउनको लागि बनाएको देवनागरी युनिकोड फन्टहरू Manjari.ttf, Pragya Manjari.ttf, Jaga Manjari.ttf, Manjari Varnamala.ttf ओपन टाईप फिचरमा छन्। यि फन्टलाई ईन्स्टल गरेर तपाईँले सजिलै यस किबोर्ड लेआउटबाट देवनागरी लिपिमा आफ्ना भाषाहरू लेख्न सक्नुहुनेछ।

Devanagari Keyboard (Dp) Keyboard Layout Driver for Linux as Ubuntu

लिनक्स् सिस्टमको लागि देवनागरी किबोर्ड (डिपि) किबोर्ड ड्राईभर डाउनलोड? : Devanagari Keyboard (Dp) Driver for Linux Operating Systems


Devanagari Keyboard (Dp) किबोर्ड लेआउट एउटा यस्तो वैज्ञानीक किबोर्ड लेआउट हो जसले देवनागरी लिपिलाई कम्प्युटर प्रविधिमा टाई गर्नको लागि निर्माण गरिएको छ। यो किबोर्ड लेआउट निर्माण गर्दा देवनागरी लिपि, देवनागरी लिपि विज्ञान, हामीले शब्दहरू उच्चारण गर्दा शब्द बन्ने अक्षर र अक्षर बन्ने वर्ण तथा चिह्नहरूको बारम्बारता अध्ययन गरी ति वर्ण तथा चिह्नहरूलाई टाईप गर्दा दुवै हातका चोरी औंला, माहिली औंला, साईँली औंला र कान्छी औंलाहरूको कार्यक्षमतालाई अध्ययन गरी निर्माण गरिएको छ। यो किबोर्ड लेआउटबाट नेपालमा लेखिने सम्पूर्ण भाषाहरू सजिलैसँग देवनागरी लिपिमा लेख्न सकिन्छ। हाम्रो नेपालमा संस्कृतमा पढाई हुने विश्वविद्यालय छ। यहाँ ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेद सजिलै टाईप गर्न सकिन्छ। देवनागरी लिपिमा भाषाहरू लेख्दा आवश्यक पर्ने अधिकांश अक्षर तथा चिह्नहरू समेटिएका छन्।

यो किबोर्ड ड्राईभर लिनक्स् अपरेटिङ्ग सिस्टमहरू Ubuntu, Debian, Red Hat, Kali आदिमा ईन्स्टल गरेर चलाउनको लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ। माथि डाउनलोडको देवनागरी किबोर्डको लिङ्कमा क्लिक गरेर आफूले चाहेको ठाउँमा किबोर्ड ड्राईभर डाउनलोड गर्नु पर्दछ। यो किबोर्ड ड्राईभर फोल्डरलाई जिप गरिएको हुनाले यसलाई सबै भन्दा पहिला अनजिप गर्नु पर्दछ। यस फोल्डर भित्र कम्प्युटरमा देवनागरी लिपि टाईप गर्नको लागि /usr/share/X11/xkb/rules को लागि केही नियमहरू थप्नु पर्दछ। यसको लागि लिनक्स् सिस्टमका रूट युजर अथवा सुपर युजरको पासवर्ड प्रयोग गरेर '.xml' फाईल खोल्नु पर्दछ। यो '.xml' फाईल लिनक्स् सिस्टममा /usr/share/X11/xkb/rules/evdev.xml मा हुन्छ। यस फाईललाई खोलेर माथि डाउनलोड गरिएको फोल्डर अनजिप गरेपछि किबोर्ड ड्राईभर फोल्डर भित्र dpk rules भन्ने फाईल खोलेर <layout> ट्याग देखि </layout> ट्यागसम्म टेक्स्टहरू कपि गरेर evdev.xml को कुनै एक </layout> ट्याग भन्दा पछि ईन्टर गरेर यो </layout> ट्याग मुनी पेस्ट गर्नु पर्दछ। यस पछि यही डाउनलोड गरिएको फोल्डरमा dpk भन्ने फाईललाई रूटयुजर अथवा मास्टरयुजर पासवर्ड प्रयग गरेर कपि गरी /usr/share/X11/xkb/symbols/ मा पेस्ट गर्नु पर्दछ। त्यसपछि कम्प्युटरलाई restart गर्नु पर्दछ। कम्प्युटरलाई रिस्टार्ट गरिसकेपछि कन्ट्रोल प्यानेलको सेटिङ्गस्‌मा गएर Region and Language जानु पर्दछ। यस भित्र Input Sources भएको ठाउँमा '+' चिह्नमा क्लिक गरेर नेपालको लागि भए नेपाली लोक्याल अर्थात् Nepal मा डिफल्ट देवनागरी अङ्कहरू ०, १, २, ३, ४, ५, ६, ७, ८ र ९ भएको Devanagari Keyboard (Dp) वा डिफल्ट अन्तर्राष्ट्रिय अङ्कहरू 0, 1, 2, 3, 4, 5, 6, 7, 8 र 9 भएको Devanagari Keyboard (Dp)_IDD किबोर्ड लेआउट छानी प्रयोग गर्नु पर्दछ। यदि नेपाली वा आफुले छानेको लोक्यालमा टाईप गर्दा समस्या भएमा कम्प्युटरलाई पुनः रिस्टार्ट गरेर कुनै एप्लिकेशन खोलेर नेपाली किबोर्ड Nepal_Devanagari Keyboard (Dp) छानेर प्रयोग गर्नु पर्दछ। यस किबोर्ड लेआउटमा भएका वर्ण तथा चिह्नहरू भएको देवनागरी युनिकोड अनुसार बनाईएको देवनागरी फण्ट र किबोर्ड लेआउटका फोटाहरू राखिएका छन्। यदि तपाईँलाई यो किबोर्ड लेआउट अनुसार टाईप गर्न कठिन भए हाम्रो सम्पर्क ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। यस किबोर्ड लेआउटमा भएका अक्षर तथा चिह्नहरू तपाईँले पाउनु भएन भने यही किबोर्ड ड्राईभर भएको फोल्डरमा मैले देवनागरी किबोर्ड चलाउनको लागि बनाएको देवनागरी फन्टहरू Manjari.ttf, Pragya Manjari.ttf, Jaga Manjari.ttf, Manjari Varnamala.ttf ओपन टाईप फिचरमा छन्। यि फन्टलाई ईन्स्टल गरेर तपाईँले सजिलै यस किबोर्ड लेआउटबाट देवनागरी लिपिमा आफ्ना भाषाहरू लेख्न सक्नुहुनेछ।

Devanagari Keyboard (Dp) Keyboard Layout Driver for Apple Mac OS

म्याक अपरेटिङ सिस्टमको लागि देवनागरी किबोर्ड (डिपि) किबोर्ड ड्राईभर डाउनलोड? : Devanagari Keyboard (Dp) Driver for Apple Mac Operating Systems


Devanagari Keyboard (Dp) किबोर्ड लेआउट एउटा यस्तो वैज्ञानीक किबोर्ड लेआउट हो जसले देवनागरी लिपिलाई कम्प्युटर प्रविधिमा टाई गर्नको लागि निर्माण गरिएको छ। यो किबोर्ड लेआउट निर्माण गर्दा देवनागरी लिपि, देवनागरी लिपि विज्ञान, हामीले शब्दहरू उच्चारण गर्दा शब्द बन्ने अक्षर र अक्षर बन्ने वर्ण तथा चिह्नहरूको बारम्बारता अध्ययन गरी ति वर्ण तथा चिह्नहरूलाई टाईप गर्दा दुवै हातका चोरी औंला, माहिली औंला, साईँली औंला र कान्छी औंलाहरूको कार्यक्षमतालाई अध्ययन गरी निर्माण गरिएको छ। यो किबोर्ड लेआउटबाट नेपालमा लेखिने सम्पूर्ण भाषाहरू सजिलैसँग देवनागरी लिपिमा लेख्न सकिन्छ। हाम्रो नेपालमा संस्कृतमा पढाई हुने विश्वविद्यालय छ। यहाँ ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेद सजिलै टाईप गर्न सकिन्छ। देवनागरी लिपिमा भाषाहरू लेख्दा आवश्यक पर्ने अधिकांश अक्षर तथा चिह्नहरू समेटिएका छन्।

Devanagari Keyboard (Dp) लाई डाउनलोड गर्नुहोस्। यदि तपाईले डाउनलोड गर्नु भएको भए पहिला डेस्कटपमा अनजिप गर्नुहोस्। अनि त्यसपछि तपाईँको म्याक कम्प्युटर नयाँ भए न्यूभर्सनको ड्राइभर लिनुहोस्। यस किबोर्डको ड्राइभरलाई डबल क्लिक गरेर खोल्नुहोस्। यदि नयाँ भर्सनको ड्राइभर माउन्ट भएन भने पुरानो भर्सनको ड्राइभर लिएर डबल क्लिक गर्नुहोस्। त्यसपिछ माउन्ट भएको डेस्कटपको फोल्डरबाट इन्स्टलर भन्ने फाइललाई डबल क्लिक गरेर खोल्नुहोस्। त्यसपछि यही फोल्डरमा रहेको Devanagari Keyboard (Dp).dmg लाई क्लिक गरी ड्र्याग गरेर इन्स्टलरमा ल्याएर मान्छेको चिह्न भएको ठाउँमा छोड्नुोस्। त्यसमा बायाँ तिर भएको मानिसको जस्तो चिह्नमा जहाँ रेकोमेण्डेट लेखिएको पट्टि मानिसको जस्तो चिह्नमा क्लि गर्नुहोस्। त्यसपछि तपाईँको इन्स्टलर बन्द हुन्छ। अनि तपाईको डेस्कटपमा माउन्ट भएको किबोर्डको फोल्डलाई राइट क्लिक गरेर Eject मा क्लिक गर्नुहोस्। त्यसपछि कम्प्युटरको सेटिङमा जानुहोस् र ल्याङ्ग्येज अप्सनमा गएर Keyboard Preference भन्ने ठाउमा क्लिक गर्नुहोस्। त्यस ठाउँमा ‘+-’ भएको ठाउँमा ‘+’ मा क्लिक गर्नुहोस्। त्यसपछि Others भन्ने ठाउँमा क्लिक गरेर Devanagari Keyboard (Dp) मा क्लिक गर्नुहोस् र ओकेमा क्लिक गर्नुहोस्। त्यसपछि नेपाली लोक्यालमा राखेर तपाईँले देवनागरी किबोर्डबाट देवनागरी लिपि सजिलैसँग टाई गर्न सक्नु हुनेछ। यदि नेपाली वा आफुले छानेको लोक्यालमा टाईप गर्दा समस्या भएमा कम्प्युटरलाई पुनः रिस्टार्ट गरेर कुनै एप्लिकेशन खोलेर नेपाली किबोर्ड Devanagari Keyboard (Dp) छानेर प्रयोग गर्नु पर्दछ। यस किबोर्ड लेआउटमा भएका वर्ण तथा चिह्नहरू भएको देवनागरी युनिकोड अनुसार बनाईएको देवनागरी फण्ट र किबोर्ड लेआउटका फोटाहरू राखिएका छन्। यदि तपाईँलाई यो किबोर्ड लेआउट अनुसार टाईप गर्न कठिन भए हाम्रो सम्पर्क ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। यस किबोर्ड लेआउटमा भएका अक्षर तथा चिह्नहरू तपाईँले पाउनु भएन भने यही किबोर्ड ड्राईभर भएको फोल्डरमा मैले देवनागरी किबोर्ड चलाउनको लागि बनाएको देवनागरी फन्टहरू Manjari.ttf, Pragya Manjari.ttf, Jaga Manjari.ttf, Manjari Varnamala.ttf ओपन टाईप फिचरमा छन्। यि फन्टलाई ईन्स्टल गरेर तपाईँले सजिलै यस किबोर्ड लेआउटबाट देवनागरी लिपिमा आफ्ना भाषाहरू लेख्न सक्नुहुनेछ।

देवनागरी किबोर्ड (डिपि) म्यापिङ तालिका

Devanagari Keyboard (Dp) Mapping Table

1. Default Devanagari Digits on Numeric Keystrocks :-

dpkp02 dpkp02

2. Default International Digits on Numeric Keystrocks :-

dpkp02 dpkp02