࿕ श्री ࿕

॥ ࿗ ॐ श्रीपूर्णब्रह्म परमात्मा श्रीअम्बाय नमः ࿗ ॥

“Devanagari Keyboard (Dp)” कम्प्युटर प्रविधिमा देवनागरी लिपि टाइप गर्ने किबोर्ड लेआउट


Devanagari Keyboard (Dp) Keyboard Layout Driver for Microsoft Windows

माईक्रोसफ्ट विण्डोजको लागि देवनागरी किबोर्ड (डिपि) किबोर्ड ड्राईभर डाउनलोड? : Devanagari Keyboard (Dp) Driver for Microsoft Windows

Devanagari Keyboard (Dp) किबोर्ड लेआउट एउटा यस्तो वैज्ञानीक किबोर्ड लेआउट हो जसले देवनागरी लिपिलाई कम्प्युटर प्रविधिमा टाइप गर्नको लागि निर्माण गरिएको छ। यो किबोर्ड लेआउट निर्माण गर्दा देवनागरी लिपि, देवनागरी लिपि विज्ञान, हामीले शब्दहरू उच्चारण गर्दा शब्द बन्ने अक्षर र अक्षर बन्ने वर्ण तथा चिह्नहरूको बारम्बारता अध्ययन गरी ति वर्ण तथा चिह्नहरूलाई टाइप गर्दा दुवै हातका चोरी औंला, माहिली औंला, साईँली औंला र कान्छी औंलाहरूको कार्यक्षमतालाई अध्ययन गरी निर्माण गरिएको छ। यो किबोर्ड लेआउटबाट नेपालमा लेखिने सम्पूर्ण भाषाहरू सजिलैसँग देवनागरी लिपिमा लेख्न सकिन्छ। हाम्रो नेपालमा संस्कृतमा पढाई हुने विश्वविद्यालय छ। यहाँ ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेद सजिलै टाईप गर्न सकिन्छ। यस किबोर्ड लेआउटबाट देवनागरी लिपिमा भाषाहरू लेख्दा आवश्यक पर्ने अधिकांश अक्षर तथा चिह्नहरू समेटिएका छन्।

यो किबोर्ड ड्राईभर Microsoft Windows मा ईन्स्टल गरेर चलाउनको लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ। माथि डाउनलोड गर्ने लिङ्कमा क्लिक गरेर आफूले चाहेको ठाउँमा किबोर्ड ड्राईभर डाउनलोड गर्नु पर्दछ। यो किबोर्ड ड्राईभर फोल्डरलाई जिप गरिएको हुनाले यसलाई सबै भन्दा पहिला अनजिप गर्नु पर्दछ। यस फोल्डर भित्र कम्प्युटरमा देवनागरी लिपि टाईप गर्नको लागि किबोर्ड ड्राईभर, देवनागरी युनिकोड अनुसार बनाईएको देवनागरी फण्ट र किबोर्ड लेआउटका फोटाहरू राखिएका छन्। यो किबोर्ड ड्राईभर माईक्रोसफ्ट विण्डोजको भिष्टा, विण्डो७ देखि अहिलेसम्मका विण्डो१० सम्मका सबै भर्सनहरूमा ईन्स्टल गर्न सकिन्छ। यस ड्राईभर फोल्डरमा देवनागरी अङ्कहरू : ०, १, २, ३, ४, ५, ६, ७, ८ र ९ डिफल्ट भएको Devanagari Keyboard (Dp) राखिएको छ। यस किबोर्ड ड्राईभर प्रयोग गर्दा डिफल्ट अङ्कहरू देवनागरी छन् र अन्तर्राष्ट्रिय अङ्कहरू टाईप गर्न राईट अल्ट कि+किस्ट्रोक प्रयोग गर्नुपर्दछ। यो किबोर्ड लेआउट कम्प्युटरमा ईन्स्टल गर्न अति सजिलो छ। यो किबोर्ड ड्राईभर ईन्स्टल गर्न किबोर्ड फोल्डर खोल्ने र त्यस भित्र setup.exe फाईललाई डबल क्लिक गर्नु पर्दछ र ईन्स्टल गर्दा आउने नोटिसहरूमा एस, ओके आदिमा क्लिक गर्नु पर्दछ। यो किबोर्ड ड्राईभर ईन्स्टल गरिसकेपछि कम्प्युटरलाई रिस्टार्ट गर्नु पर्दछ। यसो गर्दा किबोर्ड ड्राईभरले राम्रोसँग काम गर्दछ। यो किबोर्ड ड्राईभर नेपाली वा हिन्दी लोक्याल कुन चाहिं ईन्स्टल गरेको हो त्यही लोक्यालमा गएर बस्तछ। कम्प्युटरको डेस्कटपमा तल वा माथि ल्याङ्ग्वेजबारमा यदि नेपालीको लागि ईन्स्टल गरेको भए NE मा देख्न सकिन्छ। कम्प्युटरको कुने एप्लिकेशन खोली टेक्स्ट टाईप गर्ने ठाउँमा क्रसर राखेर माउसले ल्याङ्ग्वेजबारमा क्लिक गरेर अथवा देब्रेपट्टिको Alt+Shift कि थिचेर लोक्याल छान्न सकिन्छ। कुन कुन औंलाहरूमा कुन कुन अक्षर तथा चिह्नहरू राखिएको छ त्यसको लागि यही तपाईँले डाउनलोड गरेको फोल्डरको फोटोमा स्पष्टसँग देखाईएको छ। सजिलोको लागि यो किबोर्ड लेआउटको फोटोलाई प्रिन्ट गरेर अगाडी राखि देखाईए अनुसार टाईप गर्न सकिन्छ। यदि तपाईँलाई डिफल्टमा अन्तर्राष्ट्रिय अङ्क चाहियो भने चाहि Devanagari Keyboard (Dp)_IDD किबोर्ड ड्राइभर इन्स्टल गर्नु होस्। यो किबोर्ड लेआउट अनुसार टाईप गर्न कठिन भए हाम्रो सम्पर्क ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। यस किबोर्ड लेआउटमा भएका अक्षर तथा चिह्नहरू तपाईँले पाउनु भएन भने यही किबोर्ड ड्राईभर भएको फोल्डरमा मैले देवनागरी किबोर्ड चलाउनको लागि बनाएको देवनागरी युनिकोड फन्टहरू Manjari.ttf, Pragya Manjari.ttf, Jaga Manjari.ttf, Manjari Varnamala.ttf ओपन टाईप फिचरमा छन्। यि फन्टलाई ईन्स्टल गरेर तपाईँले सजिलै यस किबोर्ड लेआउटबाट देवनागरी लिपिमा आफ्ना भाषाहरू लेख्न सक्नुहुनेछ।


Total Visits :-

  • 3
  • 6
  • 3
  • 2

<<<Go to Home?>>>

<<<Previous Page Or Next Page >>>