࿕ श्री ࿕

॥ ࿗ ॐ श्रीपूर्णब्रह्म परमात्मा श्रीअम्बाय नमः ࿗ ॥

“Devanagari Keyboard (Dp)” कम्प्युटर प्रविधिमा देवनागरी लिपि टाइप गर्ने किबोर्ड लेआउट

किबोर्ड लेआउट निर्माण क्रममा सम्लग्नभई अमूल्य योगदान गर्नु हुने महानुभावहरू





Card image

प्रा. डा. हेमनाथ पौडेल

(संयोजक)
किबोर्ड लेआउट अध्ययन समिति
(प्रतिवेदन हस्तान्तरण गर्दै)

विस्तृत जानकारी




Total Visits :-

  • 2
  • 8
  • 2
  • 6
  • 0


सम्पर्क ठेगाना

ढक प्रसाद उप्रेती (विष्णु)

अस्थायी ठेगाना : सूर्यविनायक नगरपालिका-२, बालकोट, भक्तपुर, नेपाल

“Devanagari Keyboard (Dp)” Keyboard Layout is The Science of Devanagari Script Computing on Machine.


संक्षिप्त

यो किबोर्ड लेआउट Devanagari Keyboard (Dp) कम्प्युटर प्रविधिमा देवनागरी लिपि, वैदिक चिह्नहरू र अन्य चिह्नहरू प्रयोग गरेर कार्य सम्पादन गर्नको लागि तयार गरिएको एउटा वैज्ञानिक किबोर्ड लेआउट हो। यो किबोर्ड लेआउटबाट देवनागरी लिपिमा चारै वेदहरू लिपिबद्ध गर्नको लागि देवनागरी लिपि र वैदिक चिह्नहरू सम्मिलित भएकाले संसारका देवनागरी लिपिमा लेखिने जुनसुकै भाषाहरू पनि लिपिबद्ध गर्न सकिन्छ। यस किबोर्डलाई वैज्ञानिक, टाइपिङ्ग भार सन्तुलित र आधुनिक बनाउनको लागि नेपाली भाषामा लेखिएको र झण्डै ५०% शब्दहरू प्रत्यक्ष सम्वादमा आधारित ३ सय ८१ पेज र साँढे बाह्र लाख अक्षरहरू भएको डकुमेन्टमा नेपाली भाषामा प्रयोग हुने प्रत्येक देवनागरी अक्षरहरूको frequency अध्ययन गरेर तयार गरिएको एक वैज्ञानिक किबोर्ड लेआउट हो। यस किबोर्ड लेआउटको सम्पूर्ण वैज्ञानिक पक्षहरू र किबोर्ड लेआउटको तालिका, किबोर्ड लेआउटको तालिका अनुसार Devanagari Keyboard (Dp) को hardware face र एउटा किबोर्ड लेआउटलाई आवश्यक पर्ने न्युनतम् अक्षरहरू राखिएको नमुना किबोर्ड लेआउट पनि स्पष्ट रुपमा प्रस्तुत गरिएको छ। यो किबोर्ड लेआउट अनुसार Microsoft Windows मा आवश्यक Keyboard Layout Mapping Table बनाई यही Table अनुसार install गरेर प्रयोग गर्नको लागि computer software Devanagari Keyboard (Dp) keyboard driver पनि यस लेआउटसँगै बनाएको छु। यसैगरि लिनक्स अपरेटिङ सिस्टमको Ubuntu 18.04 LTS भर्सनमा पनि परिक्षण गरेर लिनक्स जस्ता ओपन सोर्सभएका कम्प्युटरमा पनि सजिलैसँग यो किबोर्ड लेआउट प्रयोग गर्न सकिने कुरा प्रमाणित गर्दै यस संस्करणदेखि लिनक्सको लागि xkb/rules/evdev.xml को कोडिङ र xkb/symbols/dpk Keyboard Layout Mapping Table पनि स्पष्टसँग तयार गरिएको छ जसले गर्दा यो किबोर्ड लेआउटलाई सजिलैसँग आ-आफ्नो अपरेटिङ सिस्टममा सजिलैसँग एट्याच गर्न सकिनेछ। यसैगरी Apple कम्पनिको MAC OS मा पनि install गर्नको लागि “.dmg” इन्स्टलर पनि बनाइएको छ। यसकारण अहिले सम्मका धेरै चल्तिमा रहेका कम्प्युटर सिस्टमहरू Microsoft Windows, Linux OS and MAC OS मा सजिलै इन्स्टल गर्न सकिन्छ। यस किबोर्ड लेआउटबाट कम्प्युटरमा देवनागरी लिपिमा काम गर्ने संपूर्ण भाषा-भाषीहरूलाई सजिलो हुनेछ।

तर अन्य अपरेटिङ्ग सिस्टमहरू जस्तै: Android अपरेटिङ्ग सिस्टममा Devanagari Keyboard (Dp) किबोर्ड लेआउट attach गर्न सजिलो होस् भनेर किबोर्ड लेआउटको लागि Devanagari Keyboard (Dp) मा समेटिएका संपूर्ण अक्षर तथा चिह्नहरूको Unicode नम्बर र Character सहितको keyboard layout mapping table पनि यस किबोर्ड अपडेटमा समावेस गरिएको छ। देवनागरी लिपि कम्प्युटरमा काम गर्नको लागि यसै किबोर्ड लेआउटमा आधारित OpenType Font Manjari पनि यस keyboard layout सँगै generate गरिएको छ। यस keyboard layout ‘Devanagari Keyboard (Dp)’ र OpenType Font हरू Manjari, Manjari Varnamala, Pragya Manjari र Jaga Manjari open source user लगायत संपूर्ण प्रयोगकर्ताहरू(users)ले modify नगरिकन जस्ताको तस्तै निशुल्क प्रयोग गर्न सक्नेछन्। यसैगरी developers ले पनि आफ्नो OS मा मोडिफाइ नगरिकन निशुल्क प्रयोग गर्न सक्नेछन्।

ढकप्रसाद उप्रेती (विष्णु)
मिति : सन् 2025-10-12, काठमाण्डौ, नेपाल

Card image

Dhak Prasad Upreti

Keyboard Layout Creator

See Profile


मेरो भनाई

एक्काइशौं शताब्दीको युग भनेको सूचना र प्रविधिको युग हो भन्ने कुरामा कसैको दुईमत छैन। सूचना र प्रविधिको युगमा कम्प्युटर प्रविधिको स्थान भनेको प्रथम स्थानमा नै रहेको छ भन्ने कुरामा पनि कसैको दुईमत नहोला। यसैको पेरिफेरिमा रहेर हाम्रो जिवनको प्रथम स्थान हुन पुगेको कम्प्युटर प्रविधिमा देवनागरी लिपि प्रयोग गरेर नेपाली लगाएत विभिन्न भाषाहरू लिपिबद्ध गर्न मिल्ने लिपि हो। आजको युगमा ल्याटिन लिपिमा झैँ कम्प्युटरमा सम्पूर्ण कार्यहरू गर्न सकिन्छ। यसैगरी देवनागरी लिपिमा वैदिक चिह्न र अन्य चिह्नहरू प्रयोग गरेर पूर्ण रुपले कार्य सम्पादन गर्न संभव भैसकेको छ। यसको लागि हामीले प्रविधिलाई आफु अनुकुल बनाएर प्रयोग गरेमात्र पुग्दछ।

यस कृतिले देवनागरी लिपि र देवनागरी लिपिको लागि कम्प्युटर प्रयोग गर्ने दक्षिण एसियाका सम्पूर्ण मानिसहरूको लागि उपयोगि हुने विश्वास लिइएको छ। यसर्थ कम्प्युटरमा हरेक लिपिको लागि एकमात्र सर्वमान्य किबोर्ड लेआउट हुनु पर्छ भन्ने मेरो विचारलाई यो किबोर्ड लेआउट Devanagari Keyboard (Dp) सार्थक छ भन्ने कुरामा सम्पूर्ण कम्प्युटर प्रविधि प्रयोगकर्ता महानुभावसँग सआदर अपिल गर्दछु र यहाँहरूलाई विश्वास दिलाउन चाहान्छु। यसै गरि ब्राह्मी लिपिबाट विकसित अन्य लिपिहरूले पनि यही लेआउटलाई आधार मानेर आफ्नो Keyboard Layout निर्माण गर्न सक्नेछन्। यसो गर्दा एउटा लिपिमा टाइप गर्न जान्नेले अन्य लिपिमा पनि थप नसिकिकनै सरासर सजिलै टाइप गर्न सक्नेछन्।