࿕ श्री ࿕

॥ ࿗ ॐ श्रीपूर्णब्रह्म परमात्मा श्रीअम्बाय नमः ࿗ ॥

“Devanagari Keyboard (Dp)” कम्प्युटर प्रविधिमा देवनागरी लिपि टाइप गर्ने किबोर्ड लेआउट


Devanagari Keyboard (Dp) Research Report 2005-2018

संक्षिप्त

यो किबोर्ड लेआउट Devanagari Keyboard (Dp) कम्प्युटर प्रविधिमा देवनागरी लिपि, वैदिक चिह्नहरू र अन्य चिह्नहरू प्रयोग गरेर कार्य सम्पादन गर्नको लागि तयार गरिएको एउटा वैज्ञानिक किबोर्ड लेआउट हो। यो किबोर्ड लेआउटबाट देवनागरी लिपिमा चारै वेदहरू लिपिबद्ध गर्नको लागि देवनागरी लिपि र वैदिक चिह्नहरू सम्मिलित भएकाले संसारका देवनागरी लिपिमा लेखिने जुनसुकै भाषाहरू पनि लिपिबद्ध गर्न सकिन्छ। यस किबोर्डलाई वैज्ञानिक, टाइपिङ्ग भार सन्तुलित र आधुनिक बनाउनको लागि नेपाली भाषामा लेखिएको र झण्डै ५०% शब्दहरू प्रत्यक्ष सम्वादमा आधारित ३ सय ८१ पेज र साँढे बाह्र लाख अक्षरहरू भएको डकुमेन्टमा नेपाली भाषामा प्रयोग हुने प्रत्येक देवनागरी अक्षरहरूको frequency अध्ययन गरेर तयार गरिएको एक वैज्ञानिक किबोर्ड लेआउट हो। यस किबोर्ड लेआउटको सम्पूर्ण वैज्ञानिक पक्षहरू र किबोर्ड लेआउटको तालिका, किबोर्ड लेआउटको तालिका अनुसार Devanagari Keyboard (Dp) को hardware face र एउटा किबोर्ड लेआउटलाई आवश्यक पर्ने न्युनतम् अक्षरहरू राखिएको नमुना किबोर्ड लेआउट पनि स्पष्ट रुपमा प्रस्तुत गरिएको छ। यो किबोर्ड लेआउट अनुसार Microsoft Windows मा आवश्यक Keyboard Layout Mapping Table बनाई यही Table अनुसार install गरेर प्रयोग गर्नको लागि computer software Devanagari Keyboard (Dp) keyboard driver पनि यस लेआउटसँगै बनाएको छु। यसैगरि लिनक्स अपरेटिङ सिस्टमको Ubuntu 18.04 LTS भर्सनमा पनि परिक्षण गरेर लिनक्स जस्ता ओपन सोर्सभएका कम्प्युटरमा पनि सजिलैसँग यो किबोर्ड लेआउट प्रयोग गर्न सकिने कुरा प्रमाणित गर्दै यस संस्करणदेखि लिनक्सको लागि xkb/rules/evdev.xml को कोडिङ र xkb/symbols/dpk Keyboard Layout Mapping Table पनि स्पष्टसँग तयार गरिएको छ जसले गर्दा यो किबोर्ड लेआउटलाई सजिलैसँग आ-आफ्नो अपरेटिङ सिस्टममा सजिलैसँग एट्याच गर्न सकिनेछ। यसैगरी Apple कम्पनिको MAC OS मा पनि install गर्नको लागि “.dmg” इन्स्टलर पनि बनाइएको छ। यसकारण अहिले सम्मका धेरै चल्तिमा रहेका कम्प्युटर सिस्टमहरू Microsoft Windows, Linux OS and MAC OS मा सजिलै इन्स्टल गर्न सकिन्छ। यस किबोर्ड लेआउटबाट कम्प्युटरमा देवनागरी लिपिमा काम गर्ने संपूर्ण भाषा-भाषीहरूलाई सजिलो हुनेछ।

तर अन्य अपरेटिङ्ग सिस्टमहरू जस्तै: Android अपरेटिङ्ग सिस्टममा Devanagari Keyboard (Dp) किबोर्ड लेआउट attach गर्न सजिलो होस् भनेर किबोर्ड लेआउटको लागि Devanagari Keyboard (Dp) मा समेटिएका संपूर्ण अक्षर तथा चिह्नहरूको Unicode नम्बर र Character सहितको keyboard layout mapping table पनि यस किबोर्ड अपडेटमा समावेस गरिएको छ। देवनागरी लिपि कम्प्युटरमा काम गर्नको लागि यसै किबोर्ड लेआउटमा आधारित OpenType Font Manjari पनि यस keyboard layout सँगै generate गरिएको छ। यस keyboard layout ‘Devanagari Keyboard (Dp)’ र OpenType Font हरू Manjari, Manjari Varnamala, Pragya Manjari र Jaga Manjari open source user लगायत संपूर्ण प्रयोगकर्ताहरू(users)ले modify नगरिकन जस्ताको तस्तै निशुल्क प्रयोग गर्न सक्नेछन्। यसैगरी developers ले पनि आफ्नो OS मा मोडिफाइ नगरिकन निशुल्क प्रयोग गर्न सक्नेछन्।

ढकप्रसाद उप्रेती (विष्णु)
मिति : सन् 2025-10-12, काठमाण्डौ, नेपाल

Your Visit is 1001.