क्र.सं. | सम्बन्धितहरू |
---|---|
१. | भाषा विद्हरू (Linguistics) |
२. | प्राध्यापकहरू (Professors) |
३. | प्राविधिज्ञहरू (Technicians) |
४. | सङ्गठनहरू (Organizations) |
५. | निर्माता (Creator) |
(संयोजक)
किबोर्ड लेआउट अध्ययन समिति
(प्रतिवेदन हस्तान्तरण गर्दै)
(१) प्राध्यापक डा. माधव प्रसाद पोखरेल : त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. माधव प्रसाद पोखरेलज्यूले यस keyboard layout मा मार्गदर्शनको रुपमा अमूल्य सहयोग, सल्लाह र सुझाव प्रदान गर्नु भएकोमा आदरणीय गुरूज्यू प्रति आभार व्यक्त गर्दछु। डा. माधव प्रसाद पोखरेलज्यूले नेपालमा बोलिने ५० औं भाषाहरूमा ५० औं प्राध्याकज्यूहरूलाई विद्यावारिधी गराई सक्नु भएको छ। यसरी विभिन्न भाषाहरू देवनागरी लिपिमा लेख्दा प्रयोग हुने अक्षर तथा चिह्नहरू उपलब्ध गराउनु भई यस किबोर्ड लेआउटलाई पूर्णता दिन प्रमुख भुमिका खेल्नु भएको छ। म प्रति गर्नुभएको ठूलो सहयोग, मार्गदर्शन, मायाँ, प्रेम र सद्भावले आज एउटा महत्त्वपूर्ण कृति विकास गर्न पाएकोमा म आफूलाई पनि गौरव गर्दछु। यसरी सहयोग गर्नु भएकोमा पुनः आभार व्यक्त गर्दछु।
(२) डा. लक्ष्मीप्रसाद खतिवडा : ‘Devanagari Keyboard (Dp)’ Keyboard Layout निर्माण गर्ने क्रममा अमूल्य योगदान पुर्याउनु हुने मदन पुरस्कार पुस्तकालय नेपाली भाषा कम्प्युटिङ्ग प्रोजेक्टका नेपाली भाषा र देवनागरी लिपि सम्बन्धि अमूल्य सुझाव र सहयोग गर्नु हुने श्रीमान् डा. लक्ष्मीप्रसाद खतिवडाज्यू प्रति आभार व्यक्त गर्दछु। डा. लक्ष्मीप्रसाद खतिवडाज्यूले ‘Nepali Unicode (Romanized)’ र ‘Nepali Unicode Traditional’ keyboard layout निर्माण गर्दा नेपाली भाषाको लागि आवश्यक देवनागरी लिपिमा प्रयोग हुने अक्षर तथा चिह्नहरूको व्यवस्थापनको कार्य गर्नु भएको थियो।
(३) श्रीमान् भिमनारायण रेग्मी : त्रिभुवन विश्वविद्यालयका तत्कालिन उपप्राध्यापक श्रीमान् भिमनारायण रेग्मीज्यूले औंल्याउनु भएको finger frequency असन्तुलन सम्बन्धि अमूल्य सुझाव दिई यो किबोर्ड लेआउटलाई वैज्ञानिक हुन ठूलो सहयोग गर्नु भएको छ।
(१) प्राध्यापक डा. ऋषिराम पोखरेल : यस किबोर्ड लेआउटलाई देवनागरी लिपिमा संस्कृत भाषामा वेद लेख्नको लागि आवश्यक पर्ने सम्पूर्ण देवनागरी अक्षर तथा वैदिक चिह्नहरूको सम्बन्धमा अमूल्य सहयोग गर्नु हुने श्री वाल्मीकिविद्यापीठ, प्रदर्शनीमार्ग, काठमाण्डौका आदरणीय वेद तथा संस्कृतका गुरू प्राध्यापक डा. ऋषिराम पोखरेल ज्यू प्रति आभार व्यक्त गर्दछु। उहाँको सहयोगले यो किबोर्ड लेआउट देवनागरी लिपि र देवनागरी युनिकोड अनुसार कार्य गर्न सक्षम भएको छ। यसैगरी तत्कालिन प्राध्यापक डा. श्रीराम अधिकारी, उपप्राध्यापक डा. ऋषिराम रेग्मी, उपप्राध्यापक श्री नवराज कट्टेल, उपप्राध्यापक श्री आमोदवर्धन कौण्डिन्न्यायन, उपप्रध्यापक श्री सुमोदवर्धन कौण्डिन्न्यायन, सहायक प्राध्यापक श्री डिल्लीराम उपाध्याय र पुस्तकालयप्रमुख श्री कृष्णप्रसाद निरौला प्रति आभार व्यक्त गर्दछु।
(१) श्रीमान् पावन चित्रकार : ‘Nepali Unicode (Romanized)’ र ‘Nepali Unicode Traditional’ keyboard layout का निर्माता एवं देवनागरी लिपिमा प्रयोग गर्ने आधुनिक र वैज्ञानिक keyboard layout को आवश्यकता सम्बन्धि सुझाव सहित प्राविधिक सहयोग गर्नु हुने श्रीमान् पावन चित्रकारज्यू प्रति आभार व्यक्त गर्दछु। यस keyboard layout तयार गर्ने क्रममा अमूल्य सुझाव र सहास प्रदान गर्नु हुने मदन पुरस्कार पुस्तकालय नेपाली भाषा कम्प्युटिङ्ग प्रोजेक्टका निर्देशक श्रीमान् अमर गुरूङज्यू, श्रीमान् केदार शर्माज्यू र नेपाली भाषा, देवनागरी लिपि, Devanagari Unicode, Open Type font र keyboard layout सम्बन्धि अमूल्य सल्लाह दिनुहुने र आवश्यक software हरू उपलब्ध गराइदिनु हुने यसै नेपाली भाषा कम्प्युटिङ प्रोजेक्टका प्राविधिक श्री दिवेन्द्र हेंजु जी प्रति आभार व्यक्त गर्दछु।
(२) इन्जिनियर श्री सन्त बस्नेत : यस ‘Devanagari Keyboard (Dp)’ keyboard layout लाई मैले सन् २००५ (वि.स. २०६२)मा आधुनिक, वैज्ञानि र सन्तुलित बनाउनको लागि देवनागरी युनिकोडका अक्षरहरू र अन्य चिह्नहरू गरी जम्मा ८३ वटा अक्षर र चिह्नहरू सम्मिलित ३ सय ८१ पेजको डकुमेन्टमा १३ लाख अक्षर तथा चिह्नहरू भएको डकुमेन्टमा देवनागरी लिपिमा नेपाली भाषा लेख्दा प्रयोग हुने अक्षरहरूको frequency अध्ययन गरेको थिएँ। पछि सन् २०११ (वि.स. २०६७) मा कम्प्युटर इन्जिनियर श्री सन्त बस्नेत (बेलायतबाट एम.इ. गर्नुभएका आइ.टि. प्रोफेशनल) ज्यूले मेरो किबोर्डलेआउटको वैज्ञानिकता जाँच गर्नको लागि मलाई झण्डै ८५ हजार पेज हुने डकुमेन्टमा १२० (एक सय बिस) वटा अक्षर तथा चिह्नहरू सम्मिलित २७ करोड ३५ लाख ३५ हजार ५०५ (पाँच सय पाँच) अक्षर तथा चिह्नहरूको क्यारेक्टर फ्रिक्वेन्सि टेबल उपलब्ध गराई यस किबोर्ड लेआउटको वैज्ञानिकता प्रमाणित गर्न सहयोग गरिदिनु भएकाले उहाँ प्रति पनि मुरिमुरि धन्यवाद व्यक्त गर्दछु।
(१) निर्माण क्रममा सहयोग गर्ने संस्था : मदन पुरस्कार पुस्तकालय, पाटनढोका, ललितपुर। नेपाली भाषाको लागि कम्प्युटर प्रविधिमा सहजता ल्याउनको लागि सन् २००३ देखि नै लिनक्स्को नेपाली भर्शन बनाउन शुरू गरेको थियो। यसको फलस्वरुप Ubuntu लिनक्सको १२ औं संस्करण देखि नेपाली चिन्ने भएको छ। देवनागरी लिपिमा पनि झ को धेरै रूप हुने भएकाले खुट्टो झार्यो झ चाहिं यस संस्थाले संरक्षण गर्दै आएको छ। यसको लागि मैले देवनागरी युनिकोडमा “Jaga Manjari” फण्ट बनाइदिएको छु। यसैगरी देवनागरी लिपिमा नेपाली अङ्कको लागि नाट्यकार बालकृष्ण समको हस्तलिखित अङ्क पनि मदन पुरस्कार पुस्तकालयले संरक्षण गर्दै आएको छ। यी मेरा मञ्जरी फ्यामिलिका फण्टमा भएका देवनागरी नेपाली अङ्कहरू यिनै समका हस्तलिखित अङ्क हुन्। यस अङ्कलाई राज्यले आधिकारिक अङ्क बनाउँदा पनि हुन्छ। अहिले सन् २०१९ सम्म जग मञ्जरी फण्टको ११ औं संस्करण भइसकेको छ। यस ११ औं संस्करणमा आइपुग्दा यस फण्टले देवनागरी र ल्याटिन दुबै लिपिमा कार्यसम्पादन गर्न सजिलो हुने भएको छ।
(२) कार्यान्वयनमा नेतृत्त्व गर्ने संस्था : नेपाल-प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ, नेपाल। नेपाल-प्रज्ञा प्रतिष्ठानले नेपाली बृहत् शब्दकोशको ९ औं संस्करण प्रकाशन गरेपछि नेपाली भाषा र वर्ण विन्यासमा विवाद भयो। अनि १० औं संस्करण देखि नेपाली भाषा र वर्ण विन्यासलाई देवनागरी लिपि र देवनागरी युनिकोड अनुसार विश्वभरीको मेशिनले चिन्ने गरी प्रकाशन गर्ने कार्य यस किबोर्ड लेआउट र मञ्जरी फण्टको मद्दतले सफल भयो। यसै क्रममा नेपाल-प्रज्ञा प्रतिष्ठानले वि.सं. २०७२ साल माघ मा नै नेपाल सरकारलाई देवनागरी लिपि र नेपाली वर्णविन्यास अनुसार कम्प्युटिङ गर्नको लागि Devanagari Keyboard (Dp) व्यवहारमा ल्याउन अनुरोध गर्यो। यतिले मात्र राम्रो गति लिन नसकिरहेको बेलामा वि.सं. २०७६ सालमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा नेपाल-प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राध्यापक डा. हेमनाथ पौडेलज्यूको संयोजकत्त्वमा गठित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, त्रिभुवन विश्वविद्यालय नेपाली भाषा विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सहितको विज्ञ समुहले मिति वि.सं. २०७६/०८/१६ गते नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव श्री महेन्द्रप्रसाद गुरागाई समक्ष यो देवनागरी किबोर्डलाई आम रूपमा कार्यान्यवयनमा ल्याउन उपयुक्त हुने व्यवहोरा सहितको प्रतिवेदन बुझाइएको छ। नेपाली भाषालाई देवनागरी लिपि, नेपाली वर्ण विन्यास र युनिकोड अनुसार टाइप गर्नको लागि Pragya Manjari फण्ट पनि यसै प्रतिवेदन सँगै ल्याइएको छ।
ढक प्रसाद उप्रेती (विष्णु) : वि.सं. २०५४ सालदेखि कम्प्युटर चलाउने क्रममा नेपाली टाइप गर्न कठिन भएपछि मैले व्यक्तिगत रूपमा अध्ययन अनुसन्धान गर्न थालेको थिएँ। यसै क्रममा मदन पुरस्कार पुस्तकालय, पाटनढोका, ललितपुरमा वि.सं. २०६२ सालमा सम्पर्क भएदेखि मेरो नेपाली भाषा र देवनागरी लिपिलाई आफु अनुकूल बनाउन सफल भएँ। त्यतिबेला मजदुरी गरेर परिवार पाल्नु पर्ने र उता त्रिभुवन विश्वविद्यालयमा एम.ए.को अध्ययन र यो किबोर्डको अध्ययन अनुसन्धान, धन्न श्रीअम्बा माताको कृपाले जेनतेन सफल भएँ र सम्पूर्ण देवनागरी लिपि प्रयोग कर्ताहरूको लागि एउटा कोसेली ल्याउन सफल भएँ। थप जानकारीको लागि मेरो व्यक्तिगत प्रोफाइल हेर्नु होला। धन्यवाद्!
एक्काइशौं शताब्दीको युग भनेको सूचना र प्रविधिको युग हो भन्ने कुरामा कसैको दुईमत छैन। सूचना र प्रविधिको युगमा कम्प्युटर प्रविधिको स्थान भनेको प्रथम स्थानमा नै रहेको छ भन्ने कुरामा पनि कसैको दुईमत नहोला। यसैको पेरिफेरिमा रहेर हाम्रो जिवनको प्रथम स्थान हुन पुगेको कम्प्युटर प्रविधिमा देवनागरी लिपि प्रयोग गरेर नेपाली लगाएत विभिन्न भाषाहरू लिपिबद्ध गर्न मिल्ने लिपि हो। आजको युगमा ल्याटिन लिपिमा झैँ कम्प्युटरमा सम्पूर्ण कार्यहरू गर्न सकिन्छ। यसैगरी देवनागरी लिपिमा वैदिक चिह्न र अन्य चिह्नहरू प्रयोग गरेर पूर्ण रुपले कार्य सम्पादन गर्न संभव भैसकेको छ। यसको लागि हामीले प्रविधिलाई आफु अनुकुल बनाएर प्रयोग गरेमात्र पुग्दछ।
यस कृतिले देवनागरी लिपि र देवनागरी लिपिको लागि कम्प्युटर प्रयोग गर्ने दक्षिण एसियाका सम्पूर्ण मानिसहरूको लागि उपयोगि हुने विश्वास लिइएको छ। यसर्थ कम्प्युटरमा हरेक लिपिको लागि एकमात्र सर्वमान्य किबोर्ड लेआउट हुनु पर्छ भन्ने मेरो विचारलाई यो किबोर्ड लेआउट ‘Devanagari Keyboard (Dp)’ सार्थक छ भन्ने कुरामा सम्पूर्ण कम्प्युटर प्रविधि प्रयोगकर्ता महानुभावसँग सआदर अपिल गर्दछु र यहाँहरूलाई विश्वास दिलाउन चाहान्छु। यसै गरि ब्राह्मी लिपिबाट विकसित अन्य लिपिहरूले पनि यही लेआउटलाई आधार मानेर आफ्नो Keyboard Layout निर्माण गर्न सक्नेछन्। यसो गर्दा एउटा लिपिमा टाइप गर्न जान्नेले अन्य लिपिमा पनि थप नसिकिकनै सरासर सजिलै टाइप गर्न सक्नेछन्।